हवाई सुरक्षा प्रभावकारी बनाउन सरकारसँग देउवाको माग
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षा प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि बुधबार बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १७ जना नेपाली र एक जना विदेशी नागरिकको मृत्यु भएको थियो। क्याप्टेन मनीष शाक्यको भने उपचार भइरहेको छ।
सभापति देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू मर्माहत भएको बताएका छन्। उनले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
‘जहाजहरूको परिक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागु गराउन सरकारसँग अनुरोध गर्दछु,’ देउवाले भने, ‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रदाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना।’