काठमाडौं उपत्यकाका नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह – Nepalboli

काठमाडौं उपत्यकाका नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

   २०८१ श्रावण ८, मंगलवार  

रातभरको वर्षाका कारण बागमतीसहित काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

उपत्यकाका बागमती, विष्णुमती तथा धोबीखोलालगायत नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभागले अझै वर्षाको सम्भावना रहेकोले नदीहरूमा पानीको बहाव थप बढ्न सक्ने जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको भोटाङ, मानेखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घाङ दुवाचौर आसपासमा पनि वर्षा भइरहेकाले मेलम्ची, इन्द्रावती, बलेफी लगायत नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै