बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान – Nepalboli

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

   २०८१ श्रावण ६, आईतवार  

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ।मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ।

नयाँ राजनीतिक समीकरणअनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाउनुभएको थियो।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुञ्जेलसम्म उहाँलाई काम चलाऊ मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै