लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।
मुख्यमन्त्री महराले राजीनामा नदिने बरु विश्वासको मत लिने बताए पनि विश्वास मत नपाउने सङ्केत देखिएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रदेश सभा सचिवालयले साउन ५ गते प्रदेश सभा बैठक र सम्भावित कार्यसूची सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।