अर्थसहित चार मन्त्रालय लिएर मधेस सरकारमा कांग्रेस सहभागी
नेपाली कांग्रेस अर्थमन्त्री सहित चार मन्त्रालय लिएर मधेस सरकारमा सहभागी भएको छ। मधेस सरकारमा कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री बनेका छन । यसैगरी जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेषनारायण यादव ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री र कौशलकिशोर राय श्रम तथा यातायात मन्त्री बनेका छन ।
मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेसले सरकारमा सहभागी नहुने धम्की दिएको थियो। कांग्रेसको सिफारिस पछि चार जनालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुुखले मन्त्रीमा नियुक्त गरेका छन । उनीहरुको सपथ आजै गराउने गरि तयारी भईरहको बताइएको छ ।