प्रतिनिधि सभाको बैठक सोमबारका लागि सर्‍यो – Nepalboli

प्रतिनिधि सभाको बैठक सोमबारका लागि सर्‍यो

   २०८१ असार २९, शनिबार  

संघीय संसद प्रतिनिधि सभाको बैठक सोमबार बस्ने भएको छ। आइतबारका लागि तोकिएको बैठक विशेष कारणले सोमबारका लागि तोकिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो।

शनिबार विज्ञप्ति सर्वजनिक गर्दै उहाँले संसद बैठक बस्ने दिन र समय परिवर्तन भएको जानकारी गराउनुभएको हो।

संसद बैठक असार ३१ गते सोमबार दिउँसो १ बजे निर्धारण गरिएको उहाँले सार्वजनिक गर्नुभएको सूचनामा उल्लेख छ। यसअघि असार ३० गते आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै