प्रचण्डको उथलपुथलले कांग्रेस–एमालेको गठबन्धन बन्यो- कँडेल – Nepalboli

प्रचण्डको उथलपुथलले कांग्रेस–एमालेको गठबन्धन बन्यो- कँडेल

   २०८१ असार २९, शनिबार  

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री देवेन्द्रराज कँडेलले निवर्तमान सरकारको उथलपुथलका कारण व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने परिस्थिति निर्माण भएकाले दुई ठुला दल मिल्नुपरेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले बद्लिँदो राजनीतिक परिस्थितिका बारेमा दलका नेताहरूसँग गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस–एमालेको विचार नमिले पनि जनतामा बढेको व्यवस्थामाथिको वितृष्णालाई सम्बोधन गर्न आफूहरू यो निर्णयमा पुगेको बताएका हुन् । उनले निवर्तमान सरकारमा नयाँ दलहरू सहभागी भएर उनीहरूले केही गर्न नसकेको बताएका हुने ।

‘नेपाली कांग्रेसको र एमालेको विचार पूर्व र पश्चिमजस्तै हो । हाम्रा विचार मिल्दैन । नमिल्दै गर्दा पनि विगतको सरकारको उथलपुथल र परिवर्तनले गर्दाखेरी आम जनताले यो सिस्टममाथि प्रश्न उठाउन लागेका छन् । केही नयाँ दलहरूले अवसर पाए, हामीले सरकारमा उनीहरूको पनि अनुहार देख्यौं,’– उनले भने ।

पछिल्लो समय आर्थिक मन्दीले गर्दा हरेक व्यक्तिहरु चपेटामा रहेको उनले बताए । आर्थिक मन्दीको पचेटा विकराल रहेको बेला सहकारीबाट जनता झनै प्रताडित हुनुपरेको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै सहकारीको रकम ठूलोमात्रामा हिनामिना गर्ने व्यक्तिसमेत सत्तामा पुगेको टिप्पणी गरे ।

नेपालमा विश्वकै उत्कृष्ट संविधान बने पनि लागू गर्ने क्रममा समस्या आएको बताए । विचार नमिल्दै गर्दा पनि संविधानमा देखिएका समस्या समाधानका लागि काँग्रेस–एमाले मिल्नुपरेको उनले बताए । ‘आफ्नै कम्युनिस्ट शक्तिसँग मिल्न नसक्ने राजनीतिक दलहरू आज लोकतान्त्रिक शक्तिसँग किन मिल्न गइराखेका छन् रु वा लोकतान्त्रिक शक्तिले पनि वामपन्थी शक्तिलाई लिएर किन सत्तामा जान परिरहेका छ ? किनभने हाम्रो निर्वाचन प्रणाली यस्तो भइदियो, हामीले संसारको उत्कृष्ट संविधान बनायौँ । तर, आज व्यवहारमा लागू गर्दै गर्दा त्यहाँ पनि कमीकमजोरी देखियो,’– उनले भने ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै