निजी निवास खुमलटारमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत – Nepalboli

निजी निवास खुमलटारमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत

   २०८१ असार २८, शुक्रबार  

प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार छोडेर निजी निवास खुमलटार पुग्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उहाँ सरकारी निवास छोडेर शुक्रबार साँझ निजी निवास खुमलटार पुग्नुभएको हो।

उहाँको निजी निवास खुमलटारमा प्रचण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि उहाँलाई नै मन्त्रिपरिषद्को कार्यभार दिनुभएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै