विपदबाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन – Nepalboli

विपदबाट प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

   २०८१ असार २६, बुधबार  

नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपदमा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ । कांगेसले आज विज्ञप्तिमार्फत उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ । “सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेस सरकारसँग आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले प्रभावित जिल्लाका पार्टी र भ्रातृ एवम् शुभेच्छुक संस्थाका सबैले एकापसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका जनशक्तिलाई परिचालन गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन अपिल गरेको छ । केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठुलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपदबाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।

देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपदमा परी ठुलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपदबाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै