कांग्रेस सभापति देउवा विरुद्ध इतर समूहद्धारा ‘खबरदारी सभा’ आयोजना – Nepalboli

कांग्रेस सभापति देउवा विरुद्ध इतर समूहद्धारा ‘खबरदारी सभा’ आयोजना

   १ भाद्र २०७९, बुधबार  

नेपाली कांग्रेसको संस्थापन इतर समूहले ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेको छ।  इतर समूहनिकट रहेका भ्रातृ संगठनका नेताहरुले बुधबार राष्ट्रियसभा गृहमा ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेका हुन्। नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि थिए। सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला पनि सहभागी थिए ।

यस्तै, १४ औँ महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उममेदवारहरुसँगै नेविसंघ, तरुण दलका पूर्व अध्यक्ष, नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। यद्यपि, समूहको नेतृत्व गर्दै आएको डा शेखर कोइराला र १४ औँ महाधिवेशनमा इतर समूहबाट पदाधिकारीमा विजयी भएका नेताहरुको भने उपस्थिति थिएन ।

भेलामा सहभागी तथा मुमेन्टका लिडर नुवाकोट कांग्रेसका निवर्तमान सभापति तथ बागमती प्रदेश कार्यसमितिको सभापति पदका उम्मेदवार जगदीश्वर नरसिंह केसीले समूहका नेता डा कोइरालाकै सल्लाहमा खबरदारी सभा गरिएको प्रतिक्रिया दिए। उनले पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध खबरदारी गर्न सभा आयोजना गरिएको पनि बताए ।

खबरदारी सभाको संयोजन तरुण दलका नेता निराजन थापाले गरेका थिए,भने बिध्यार्थि नेता बिजय ढूगानाले संयोजन गरेका थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै