बिहिवारको प्रतिनिधीसभावाट पुन नागरिकता विधेयक पारित गर्ने कार्यसुचि सार्वजनिक
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी भएको छ । संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा बिहिवारको प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
यस अघि पनि प्रतिनिधीसभा र राष्टिय सभाले नागरिता विद्यैयक पारित गरेर प्रमाणीकरण गर्न राष्ट्रपति समकक्ष पठाएको थियो । राष्ट्रपतिले १४ दिन सम्म राखेर उक्त विद्येयक पुर्नविचार गर्नका लागी संसदमा फर्कादिएका थिए ।
त्यस पछि बसेको सतागठबन्धनका शिर्ष नेताहरुको बैठकले नागरिता विद्येयकमा विना कुनै परिमार्जन पुन प्रतिनिधीसभा र राष्ट्रय सभावाट पारित गरेर राष्ट्रपति समकक्ष पठाउने निर्णय गरेको थियो ।
गठबन्धनको निर्णय पछि संसद सचिवालयले बिहिवार बस्न लागेको प्रतिनिधीसभामा उक्त विद्येयक पुन पारित गरियोस भन्ने प्रस्ताव लैजाने कार्यसुचि बनाएको छ ।