पदाधिकारीबाहेक सबै समिति टुंग्यायो माओवादी केन्द्रले, पदाधिकारी भोली चयन हुुदै – Nepalboli

पदाधिकारीबाहेक सबै समिति टुंग्यायो माओवादी केन्द्रले, पदाधिकारी भोली चयन हुुदै

   २०७९ भाद्र १, बुधबार  

नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीबाहेक सबै समिति टुंगो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ । १२५ सदस्यीय पोलिटब्यूरो समिति, २६ जना वैकल्पिक पोलिटब्यूरो र ३४१ सदस्यीय केन्द्रीय समिति यस अघि नै माओवादीले गठन गरिसकेको छ ।

बैठकले ६ जना रिक्त रहेको केन्द्रीय सदस्यको पनि पदपूर्ति गरेको स्थायी समिति सदस्य गिरीराजमणी पोखरेलले जानकारी दिए । उनका अनुसार भोलि बिहान ८ बजे फेरी बैठक बस्ने गरी आजको बैठक स्थगित भएको र भोलि नै पदाधिकारी टुग्याउने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै