माओवादी र एकीकृत समाजवादी बिच पार्टी एकताको तयारी, संयोजन समिति बनाउने तयारी – Nepalboli

माओवादी र एकीकृत समाजवादी बिच पार्टी एकताको तयारी, संयोजन समिति बनाउने तयारी

   १ भाद्र २०७९, बुधबार  

सत्तागठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी विचमा एकताको गृहकार्य सुुरु भएको छ । ४ मंसीरमा हुन लागेको प्रदेश र प्रतिनिधीसभा निर्वाचन पछि दुवै पार्टी विचमा एकिकरण गर्ने गरि संयोजन समिति बन्न लागेका छन । मंगलवार माओवादी अध्यक्ष पुुष्पकमल दहालले पार्टी कार्यलयमा पत्रकारहरु संग कुरा गर्दै चाडै दुुई पार्टीको एकिकरणका लागी संयोजन समिति बनाउने तयारी भइरहेको बताएका थिए ।

बाबुराम भटराई र बामदेव गौतमलाई माओवादी कै चुनाव चिन्ह् वाट निर्वाचनमा सहभागी गराउने गरि सहमती गराएका माओवादी अध्यक्ष दहालले निर्वाचन लगत्तै नेकपा एस संग पार्टी एकिकरण नै हुने दावी गरेका थिए । भटराई र गौतम नेतृत्व्को पार्टी पनि निर्वाचन पछि माओवादी र नेकपा एसको एकिकरणमा सहभागी हुने माओवादी नेताहरुले दावी गरीरहेका छन ।
वर्तमान सत्तागठबन्धनमा रहेका माओवादी र नेकपा एस विच गठबन्धनका् तालमेल अनुसार निर्वाचनमा सहमती मै भिडिरहेका छन ।

मंगलवार माओवादी अध्यक्ष दहालले एकिकरण वारे सार्वजनिक जानकारी दिए पछि बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पनि यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसका प्रचार विभाग प्रमुख खतिवडाले संयोजन समिति बनाउने वारेमा दुुवै पार्टीको शिर्ष तहमा छलफल चलीरहेको पनि दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै