म र बाबुराम भटराई एक साथ उभिनुुको ठुुलो महत्व छ – प्रचण्ड – Nepalboli

म र बाबुराम भटराई एक साथ उभिनुुको ठुुलो महत्व छ – प्रचण्ड

   ३१ श्रावण २०७९, मंगलवार  

प्रचण्ड, बाबुराम भटराई र बामदेव गौतम विच माओवादी चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई र आफू सँगै उभिने कुराको ठूलो अर्थ रहेको बताएका छन्। मंगलबार पेरिशडाँडामा भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरूसँग छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अब बाबुराम र आफू एकै ठाउँमा उभिएको बताएका हुन् ।

‘बाबुरामजी र प्रचण्ड सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्व छ,’ उनले भने, ‘हामी उभियौं अब, कसैले रोकेर रोकिँदैन। त्यो ठूलो कुरा हो।’ राजनीतिमा कहिलेकाँही ठेस लाग्ने र त्यसले फेरि नयाँ शिक्षा दिने भएकोले अव मिलेरै जाने समझदारी बनेको प्रचण्डको भनाई थियो । उनले अहिले एकै चुनाव चिन्ह र घोषणा पत्र लिएर चुनावमा जाने सहमति भएको बताए। तर अहिले नै पार्टी एकताबारे सहमति भइनसकेको उनको भनाइ छ।

‘हामी चुनावपछि एउटै केन्द्र बनाउने हो। अहिले पार्टी एकता होइन। चुनाव चिन्ह र घोषणा पत्र एकै भएपछि हामी एकै ठाउँमा उभियौं,’ उनले भने।

प्रचण्डले अरू वामपन्थी पार्टीसँग पनि कुराकानी गरिने बताए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरिने उनको भनाइ छ।

‘पार्टी एकता संयोजन समिति बनाएर माधवजीहरूसँग पनि छलफल गर्छौं,’ उनले भने, ‘चुनाव पछि नेकपा समाजवादी पार्टी गठन हुन सक्छ।’ उनले आफूहरूले धेरै ठक्कर खाएको र यसबाट देशले पनि दुस्ख पाएको बताएका थिए। ‘हामी मिल्दा देश र जनताले केही न केही राहत पाउने स्थिति हुन्छ। ठेस लागेपछि बुद्धि बढ्छ भन्या जस्तै हामी सबैलाई ठेस लाग्यो। बुद्धि बढेको छ। अब त्यस्तो हुँदैन,’ उनले भने । मोहन वैद्यसहित पूर्वमाओवादीहरूलाई पनि समेटेर जाने प्रचण्डले बताएका छन्।

मंगलवार नै माओवादी र भटराई तथा बामदेव गौतम विचमा माओवादी कै चुुनाव चिन्ह लिएरमा आउदो निर्वाचनमा जाने सहमती बनेको छ । त्यस सहमती अनुसार तीनै दलले निर्वाचन आयोगमा दल दर्ता पनि गराएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै