अध्यक्ष ओलीको नेतृत्वमा एमालेद्धारा निर्वाचन परिचालन कमिटी गठन, पार्टीको बैठकहरु बोलाइए – Nepalboli

अध्यक्ष ओलीको नेतृत्वमा एमालेद्धारा निर्वाचन परिचालन कमिटी गठन, पार्टीको बैठकहरु बोलाइए

   २६ श्रावण २०७९, बिहीबार  

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बिहिबार बसेको नेकपा एमालेको ११ औं सचिवालय बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरु, प्रदेश कमिटीलगायतका पदाधिकारी रहने एमालेले जनाएको छ।

त्यसैगरी बैठकले आगामी भदौ ७ गते पार्टीको स्थायी कमिटी, ९ गते पोलिब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ। बैठकले ८ सदस्यीय चुनावी मस्यौदा समितिसमेत गठन गरेको छ।

मस्यौदा समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र उपमहासचिव विष्णु रिमाल रहेका छन्।

यस्तै बैठकले विभागहरुको सचिवहरुसमेत मनोनयन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति विभागमा सुन्दर भुषाल ९पर्वत०, कृषि र पशुपंक्षी विभागको सचिवमा विनोद शर्मा, पुस्ताकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारीलाई मनोनयन गरेको छ।

त्यस्तै पर्यटन तथा नागरिक उड्यनको सचिवमा फणिन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभाागको सचिवमा मेघनाथ पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक तथा यातायात विभागको सचिवमा एस्पी शर्मा, गरिबी तथा सहकारी विभागको सचिवमा केबी उप्रेती, विपद् व्यवस्थापन विभागको प्रमुखमा सुरज ढकाललाई मनोनयन गरेको छ।

विज्ञान तथा प्रविधि विभागको सचिवमा सञ्चिव रोका, सामाजिक सुरक्षा विभागको सचिवमा पुष्कर खाति र सहरी विकासको सचिवमा गजेन्द्र थपलियालाई जिम्मेवारी दिएको छ।

पार्टी प्रवेशीहरुको सवालमा आवश्यक परे तल्लो तहको कमिटीले जिल्ला कमिटीभन्दा माथिल्लो कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने निर्णय समेत गरेको छ। मधेश प्रदेशको सह–इन्चार्जमा राम दाहाल मण्डल, महोत्तरी जिल्लाको इन्जार्चमा सरोज यादव, प्रभु नारायण यादवलाई धनुषा जिल्ला सह–ईन्चार्जको जिम्मेवारी दिएको छ।
त्यसैगरी बैठकले नेपाली कांग्रेसका महासमिति सदस्य परित्याग गरी एमाले प्रवेश गरेका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनित गरिएको छ।

बैठकले चार जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको छ। जसमा जीवन गौतम दाङ, बृजयेश गुप्ता कपिलवस्तु, प्रवत्त देवकोटा बारा र अमृत राज राजवंशी झापालाई मनोनयन गरिएको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै