नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला नहुनुपर्थ्यो – प्रचण्ड
नेपाल बोली
२५ श्रावण २०७९, बुधबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण भइसक्नुपर्ने बताएका छन् । जापान भ्रमणबाट बुधबार फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपतिले विधेयक रोक्नुहुन्न भन्ने आफूलाई लागेको बताए।
मैले जापानमा पनि पत्रकारहरुसँग भनेको थिएँ, राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न भन्ने मलाई लाग्छु, उनले भने, ढिलो नहुनुपर्थ्यो।
असार २४ गते संसद् सचिवालयमा दर्ता भएको विधेयक साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट पारित भएको थियो। विधेयकलाई साउन १५ गते नै सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेका थिए। तर, राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै