सत्ता-गठबन्धनमा लोसपा र नेसपा पनि समेटिदै – Nepalboli

सत्ता-गठबन्धनमा लोसपा र नेसपा पनि समेटिदै

   २४ श्रावण २०७९, मंगलवार  

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ ।

यस अघि गत आइतवार मात्रै प्रधानमन्त्री देउवाले लोसपाका शिर्ष नेताहरु संग पनि छलफल गरेका थिए । लोसपालाई पनि प्रधानमन्त्री देउवाले गठबन्त्रनमा सामेल गर्ने प्रस्ताव गरेको छ । लोसपाले पनि त्यसलाई सकारात्मक रुपमा लिएको बताएका छन । मंगलवार मात्रै लोसपा वरिष्ठ नेता राजेन्द्र महताले गठबन्ध्नमा सामेल भएर सरकारमा जाने वारेमा चाडै टुुग्गो लाग्ने दावी गरे ।

आइतवार लोसपासंग छलफल गरेका प्रधानमन्त्री देउवाले मंगलबार अपराह्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्धय बाबुराम भटराई र महेन्द्र राय यादवसंग छलफल गरेका छन ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सत्ता गठबन्धनमा समेट्ने प्रतिबद्धता देउवाले जनाएको बताए । भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘हामीहरू यही पाँच दलीय गठबन्धनकै हिस्सेदार हौँ । यो बीचमा पार्टी विभाजन भई नयाँ परिस्थिति विकसित भएर नयाँ पार्टी गठन गर्यौँ’ यादवले भने,‘हामीलाई पाँच दलीय गठबन्धनमा समेट्न भन्यौँ । उहाँले सकारात्मक जवाफ दिनुभयो ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै