सिट बाडफाडमा कांग्रेसको बटललाईन – ६० प्रतिशत सिट आफुु संग राखेर वाकी ४० मा तालमेल – Nepalboli

सिट बाडफाडमा कांग्रेसको बटललाईन – ६० प्रतिशत सिट आफुु संग राखेर वाकी ४० मा तालमेल

   २३ श्रावण २०७९, सोमबार  

४ मंसीरमा हुन लागेको संघ र प्रदेशको निर्वाचनमा सिटको बाडफाड कसरी गर्ने भन्ने गृहकार्य औपचारिक रुपमा सुुरु भएको छ । सतारुढ पाच दलीय गठबन्धन सहित लोसपा समेतलाई समेटेर एउटै गठबन्धनमा निर्वाचनमा जाने प्रुमुख सतारुढ कांग्रेसले ६० प्रतिशत सिट आफुु संग राख्ने बटमलाईन बनाएको छ ।

सोमवार गठबन्धनको कार्यदल बैठक अघि प्रधानमन्त्री सहित काग्रेसका पदाधिकारी तथा पुर्वपदाधिकारीहरुको आज बसेको बैठकमा गठबन्धन जोगाउने तर ६० प्रतिशत सिट कांग्रेसले पाउने गरि सिटको बाडफाड हुने गरि तालमेल गर्नु पर्न निष्कर्ष निकालेका छन ।

सोमवार दिउसो चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदल बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको कार्यदलकी सदस्य दुर्गा पौडेलले जानकारी दिइन् ।

उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । आजको कार्यदलमा भएको छलफलबारे गठबन्धन दलमा आन्तरिक छलफल भएर फेरि बैठक बस्ने सहमति भएको पौडेलको भनाइ छ ।

कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ ।

आजको कार्यदल बैठकले काग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक पनि तोकेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै