४ मंसीरको निर्वाचनका लागी दल दर्ता सुुरु -पहिलो दिन मै ५ पार्टीले गराए दल दर्ता
नेपाल बोली
२२ श्रावण २०७९, आईतवार
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् ।
पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम थालेको हो । आउलो ४ मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनमा भाग लिन चाह्ने दलहरु यही ३१ साउन भित्र निर्वाचन आयोगमा दल दर्ता गराउनु पर्ने हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै