निर्वाचनको मिति घोषणा भएसँगै दलहरु आन्तरिक जोडघटाउमा

सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू त्यस तर्फ केन्द्रित भएका छन । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो।
निर्वाचनको मिति घोषणासँगै सत्तारुढ दलको ध्यान सिट बाँडफाँटतर्फ गएको छ भने प्रमुख प्रतिपक्ष दल निर्वाचनमा जित्ने रणनीतिमा जुटेको छ। निर्वाचनको मिति घोषणालाई प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य कदम भएको बताए । उनले भने, निर्वाचनको मिति घोषणा भएको छ, अब सत्ता गठबन्धनमा छलफल गरेर सिट बाँडफाँटको विषय टुंगो लगाउँछौं।
महतले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनलाई सफल बनाउन आफ्नो पार्टीले अभियान नै सञ्चालन गर्ने बताए । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक र संवैधानिक प्रक्रिया रहेको प्रतिक्रिया दिए ।
सतारुढ गठबन्धन भत्काउने प्रयास एमालेको असफल भए पछि एमालेले एक्लै संघ र प्रदेशमा निर्वाचनमा सहभागी हुने गरि गृहकार्यहरु अगाडी बढाएको छ । त्यसको साथै एमाले स्थानिय स्तरमा लोसपा सहित अन्य साना दलहरु संग सहकार्य गनेृ गरिको रणनिती पनि बनाएको छ । तर लोसपा अहिले सम्म आफैमा प्रष्ट भईसकेको छैन ।
यता सतागठबन्धनल निर्वाचन घोषणा संगै सिटबाडफाड तिर केन्दित भएको छ । शुक्रवार बस्न लागेको गठबन्धन बैठकले सिट बाडफाड कै लागी कार्यदल बनाउन लागेको छ ।