सत्तागठबन्धनले सिट बाडफाड टुुग्याउन कार्यदल बनाउदै
आउदो मंसीर ४ गते संघ र प्रदेशको निर्वाचन एक साथ गर्ने सहमती गरेको सतागठबन्धनले निर्वाचनमा स्थननिय तह झै मिलेर जाने भएको छ । स्थानिय तह निर्वाचनमा गठबन्धनले सिट बाडफाड गरेर उम्मेदवारी दिएका थिए ।
त्यह मोडलमा संघ र प्रदेशको निर्वाचनमा पनि केन्द्रवाट एक तहको सिट बाडफाडको गृहकार्य गठबन्धनले अगाडी वढाएको छ ।
बुुधवार बसेको गठबन्धन बैठकमा त्यस वारेमा छलफल भएको र शुक्रवार पुन बस्ने बैठकले एउटा कार्यदल नै बनाउन लागेको छ । स्थानिय तह निर्वाचनताका काग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले सिट वाडफाडको प्रारम्भिक खाका बनाएको थियो ।
शुक्रवार पुन बस्न लागेको गठबन्धन बैठकले पौडेल सहित माओवादी नेता नारायण काजी श्रेष्ठ सहितको सहभागीतामा पुन कार्यदल बनाउने गठबन्धन स्रोतले बताएको छ ।
गठबन्धनमा भएको सहमतीको आधारमा सरकारले आज ४ मंसीरका लागी निर्वाचन मिती घोषणा गर्दै छ ।