सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्यमा मनोनीत
अधिवक्ता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत भएका छन् । नेम्वाङलाई सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
नेम्वाङ संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् । उनी १५ बैशाखमा हुने उपनिर्वाचनमा इलामवाट उम्मेदवार बन्न एमालेमा सिफारिस समेत भएका छन ।