मृत्यु भैसकेका व्यक्तिको वृद्धभत्ता लिने तत्कालीन वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा – Nepalboli

मृत्यु भैसकेका व्यक्तिको वृद्धभत्ता लिने तत्कालीन वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

   २०८० फाल्गुन ३०, बुधबार  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापाले मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता बुझेर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मृत्यु भैसकेका व्यक्ति आफ्नो आमा भएको जनाउँदै ५१ हजार रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ । थापाविरुद्ध जरिवाना र कैद सजाय माग गरिएको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै