परराष्ट्रमन्त्री श्रेष्ठलाई भारत र चीनका विदेश मन्त्रीद्धारा बधाई – Nepalboli

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारत र चीनका विदेश मन्त्रीद्धारा बधाई

   २०८० फाल्गुन ३०, बुधबार  

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारत चीनका विदेश मन्त्रीहरूले बधाई सन्देश पठाएका छन् । उनीहरुले नेपालस्थित आ–आफ्नो राजदूतावासमार्फत सो बधाई सन्देश पठाएका हुन् ।

फागुन २३ गते उपप्रधान तथा परराष्ट्र मन्त्रीमा शपथ लिएको भोलिपल्टै नेपालस्थित भारत र चीनका राजदूतले मन्त्रालयमा गएर बधाई दिएका थिए । संयोग दुवै देशका विदेश मन्त्रीले फागुन २८ गते आ–आफ्नो राजदूतावासमार्फत बधाई सन्देश पठाएका हुन् ।

दुवै विदेश मन्त्रीको बधाई सन्देश प्राप्त गरेपछि परराष्ट्र मन्त्री श्रेष्ठले धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै