मकवानपुरमा आज चेपाड सहित जनजातीहरु संग राजेन्द्र महतो अन्तक्रिया गर्दै – Nepalboli

मकवानपुरमा आज चेपाड सहित जनजातीहरु संग राजेन्द्र महतो अन्तक्रिया गर्दै

   २०८० फाल्गुन २९, मंगलवार  

राष्ट्रिय मुक्ति क्रान्ति अभियान संचारन गरेका नेता राजेन्द्र महतो आज मकवानपुरको हेटौडामा चेपाड सहित त्याहाका आदीवासी जनजाती समुहहरु संग अन्तक्रिया कार्यक्रम गर्दै छन । महतो नेतृत्वको यो अभियानले आदीवासी, जनजाती, मधेशी सहितको सिमान्त्कृत समुदायलाई हक अधिकार तथा पहिचानका लागी एक ठाउमा उभिएर लडनुपर्ने मान्यता अघि सारेका छन ।
त्यही अनुरुप महतोले आज हेटौडामा मकवानपुरका ५ सय भन्दा वढी चेपाड तथा जनजाती अगुवाहरु संग अन्तक्रिया कार्यकम राखेका छन ।

गएको शनिवार महतोले जनकपुरमा मधेश आन्दोलनका स्थानिय अगुवाहरु संग अन्तक्रिया गरेका थिए । त्यस अघि महतोले पर्सा देखि मेची सम्मका जिल्लाहरुमा अन्तकिया तथा प्रशिक्षण कार्यक्र राखेका थिए ।
आज हेटौडामा कार्यक्रम गरेर महतो चितवन हुदै पश्चिमका कैलाली कन्चनपुर सम्म आफनो कार्यकम लिएर जाने लागेका उनको सचिवालयले जनाएको छ ।

गएको १६ गते काठमाडौ विरोध प्रर्दशन गरेका महतोे चैत अन्तिम हप्तावाट पुन आन्दोलन गर्ने गरि गृहकार्य गरिरहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै