कोरोना महामारी साताको रिपोर्ट : विश्व स्वास्थ्य संगठन भन्छ-‘अवस्था चिन्ताजनक’ – Nepalboli

कोरोना महामारी साताको रिपोर्ट : विश्व स्वास्थ्य संगठन भन्छ-‘अवस्था चिन्ताजनक’

   १० चैत्र २०७७, मंगलवार  

विश्वभर कोरोना संक्रमणको तीब्र गतिमा वृद्धि हुन थालेपछि विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गर्न थालेको छ । विश्व स्वास्थ्य संगठनले सोमबार साताभरिको विश्वभरको रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार चिन्ताजनक अवस्था देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोभिड–१९ महामारी नियन्त्रणको नेतृत्व गरिरहेकी संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सी प्रमुख मारिया वान केरखोभले पछिल्ला ६ साताको तुलनामा पछिल्लो साताको रिपोर्टमा तीब्र गतिमा संक्रमण वृद्धि भएको देखिएको बताएकी छिन् ।

वान केरखोभका अनुसार पछिल्लो साता विश्वभरमा ८ प्रतिशतले संक्रमण वृद्धि भएको छ । युरोपमा वृद्धिदर १२ प्रतिशत छ ।  विश्व स्वास्थ्य संगठनले छुट्याएका ६ क्षेत्र मध्ये ४ क्षेत्रमा संक्रमण तीब्र गतिमा वृद्धि भएको छ ।

दक्षिण पूर्वी एसियामा प्रत्येक साता करिब ४९ प्रतिशत दरले संम्रमित संख्या वृद्धि भइरहेको वान केरखोभले बताएकी छिन् । पश्चिम प्रशान्त क्षेत्रको मुलुक फिलिन्सिमा मात्रै गत साता २९ प्रतिशतले संक्रमण वृद्धि भएको छ । अमेरिका र अफ्रिकी क्षेत्रमा भने सातामा संक्रमतिको संख्यामा गिरावट आएको रिपोर्ट विश्व स्वास्थ्य संगठनले निकालेको छ ।

विश्व स्वास्थ्य संगठनका आपतकालीन प्रमुख डा. माइकल रायनले स्थितिलाई गम्भीर अवस्थामा पुग्न नदिन सावधानी अपनाउन आग्रह गरेका छन् ।

एपी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै