कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक – Nepalboli

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

   २०८० पुष १९, बिहीबार  

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनका उम्मेदवार तय गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले कांग्रेसले बैठक बोलाएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले बताएका छन्।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै