बिहिवार देखि हुने भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबारे औपचारिक घोषणा – Nepalboli

बिहिवार देखि हुने भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबारे औपचारिक घोषणा

   २०८० पुष १८, बुधबार  

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री डा एस जयशंकरको बिहीबार हुने भ्रमणको आज औपचारिक घोषणा गरेका छन् । नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकर दिल्लीबाट आउँदै छन् ।

उनले बिहिवार संयुक्त आयोगको बैठकमा सहभागी हुनुको साथै त्यही दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ।

शुक्रबार बिहान त्रिभुवन विश्वविद्यालयमा भारतीय सहयोगमा निर्मित केन्द्रीय पुस्तकालय उद्घाटन गरेर जयशंकर स्वदेश फर्किनेछन् । ०४४ मा गठन भएको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको चौथोपटक हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै