राष्ट्रिय सभा सदस्य उम्मेदवारले मनोनयन दर्ता गर्दा १८ कागजात पेश गर्नुपर्ने
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेश गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । आज बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ र राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम कागजात पेश गर्नुपर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
आयोगले पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तोकेको छ ।
मनोनयत दर्ता गर्दा पाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नु पर्ने छ । यस्तै उम्मेदवारले धरौटी स्वरुप १० हजार रुपैयाँ पनि बुझाउनु पर्ने छ । तर महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारले भने ५ हजार रुपैयाँ बुझाए हुन्छ ।