विचार निर्माण र विकासको अर्को अभियान घोषणा गछौं – प्रधानमन्त्री – Nepalboli

विचार निर्माण र विकासको अर्को अभियान घोषणा गछौं – प्रधानमन्त्री

   २०८० पुष १०, मंगलवार  

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार निमार्ण र विकासको अभियान सुरु गर्ने घोषणा गरेका छन् । ३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ‘जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिनासाथ विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने बताएका हुन् ।

माओवादी केन्द्रले अहिले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाईरहेको छ । यो अभियान सकेपछि पार्टीको केन्द्रयि समिति बसेर विद्यान सम्मेलन गर्ने र त्यसपछि विचारको महाधिवेशन गरेर नयाँ विचार संश्लेषण गरेर जाने माओवादीले बताईरहेको छ ।

नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने भन्दै प्रचण्डले आगामी केन्द्रीय कमिटी बैठकबाट विचार र विकास निर्माणको अभियानबारे निर्णय गर्ने बताए ।

३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘तुरुन्तै अर्को अभियानमा जानै पर्छ । त्यो अभियान विचार निर्माण र विकास निर्माणको अभियान हुनेछ ।’

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीको अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट अर्को अभियान विचार संश्लेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग अन्तर्क्रिया पनि विचारकै विषयमा गर्ने गरी माओवादी अगाडी जान खोजेको बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै