टिकट वितरणमा पूर्ण रूपमा न्याय हुन्छ – सभापति देउवा – Nepalboli

टिकट वितरणमा पूर्ण रूपमा न्याय हुन्छ – सभापति देउवा

   २०८० पुष ९, सोमबार  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले टिकट वितरणमा पूर्ण रूपमा न्याय गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको आज उद्घाटन तथा कांग्रेसको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सभापति देउवाले भन्नुभयो, “पार्टीभित्र पूर्णरुपमा न्याय हुन्छ, हिजो नपाएकाहरूले आज पाउँछ, आज नपाउनेले भोलि टिकट पाउँछ ।” बैमनश्यता त्यागेर पार्टीभित्र एकता हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

एकतालाई बलियो बनाउन पनि आगामी दिनमा टिकट वितरणमा न्याय गरिने उहाँको भनाइ छ । नेपालको संविधानले समावेशी समानुपातिक व्यवस्था गरेकाले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने उल्लेख गर्दै सभापति देउवाले पार्टीबिचमा सहमति आवश्यक रहेको बताउनुभयो ।

देउवाले भन्नुभयो, “सहमति गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउनु पर्छ । नेपालको संविधान समावेशी, समानुपातिक व्यवस्था गरिएकाले सहमति गर्नु पर्ने बाध्यता छ ।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै