बालुवाटारमा शीर्ष नेताको बैठक,संक्रमणकालीन न्यायसम्बन्धी सम्बन्धी – Nepalboli

बालुवाटारमा शीर्ष नेताको बैठक,संक्रमणकालीन न्यायसम्बन्धी सम्बन्धी

   २०८० पुष ८, आईतवार  

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषयबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अहिले संसद्‌मा विचाराधीन रहेको छ।
संघीय संसद्‌को कानुन, न्याय तथा मानव अधिकार समितिले विधेयकका केही प्रावधानबारे टुंगो लगाए पनि विवादित विषयमा शीर्ष तहमा नै सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै