सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन नदिने राष्ट्रपतिको प्रतिवद्धता – Nepalboli

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन नदिने राष्ट्रपतिको प्रतिवद्धता

   २०८० पुष ७, शनिबार  

राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले मोरङको विराटनगरमा आज आयोजना गरेको पदस्थापना तथा प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले भने ‘म के विश्वास दिलाउन चाहान्छु भने मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन,’।

राष्ट्रपति पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । साथै आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै