माओवादीको पदाधिकारी बैठक बालुवाटारमा बस्दै – Nepalboli

माओवादीको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

   २०८० पुष ४, बुधबार  

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।

मंगलबारको बैठकमा ती विषयमा छलफल मात्र भएकाले आज निर्णय हुने एक नेताले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै