सर्लाहीको मलंगवामा आइतबार बिहान ८ बजेसम्मका लागी कर्फ्यू – Nepalboli

सर्लाहीको मलंगवामा आइतबार बिहान ८ बजेसम्मका लागी कर्फ्यू

   २०८० भाद्र २३, शनिबार  

दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कृष्णाष्टमीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।

झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको थियो । शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै