ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प, ओलाङचुङगोला केन्द्रबिन्दु
काठमाडौं — ताप्लेजुङमा मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पविद्का अनुसार भूकम्पको तीव्रता ५.६ म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा समेत महसुस भएको बताइएको छ । भूकम्पबाट भएको सम्भावित क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।