९३.८८ प्रतिशत मतसहित गगन थापा कांग्रेस सभापतिमा विजयी – Nepalboli

९३.८८ प्रतिशत मतसहित गगन थापा कांग्रेस सभापतिमा विजयी

   २०८३ आश्विन २४, शनिबार  

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदका लागि भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन् ।

निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो । खड्गीले ३७५ मत प्राप्त गर्दा ५४ मत बदर भएको छ । कुल खसेको मतमध्ये थापाले ९३.८८ प्रतिशत र खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गरेका छन् । बदर मतको हिस्सा ०.७७ प्रतिशत रहेको छ ।

थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन् । मतपरिणामअनुसार सभापति पदमा थापाको पक्षमा अत्यधिक मत परेको छ ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा आयोजित विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयलाई लिएर बहस भएको थियो । त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट थापा सभापतिमा निर्वाचित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै