१० दिनपछि त्रिशूली ३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार
रसुवा— भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।
आज बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि नेपाली सेनाले उद्धार कार्यलाई तीव्र बनाएको थियो । त्यसको केही समयमै एक जनालाई सकुशल बाहिर निकालिएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।
यसअघि बिहानै न्यौपानेले नेपाली सेनालाई उद्धृत गर्दै सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका थिए । आवाज सुनिएपछि सुरुङभित्र प्रवेश गरेर उद्धार टोलीले खोजीलाई तीव्र बनाएको थियो ।