सर्लाहीमा कांग्रेस सभापति गगन थापा, भन्छन- देश जोड्न मधेस आए
सर्लाही क्षेत्र नम्बर ४ वाट प्रतिनिधीसभा उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति गगन थापाले आफु देश जोडनका लागी मधेश ाएको बताएका छन । सोमवार आफनो निर्वाचन क्षेत्रमा पहिले पटक जानुअघि भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भनेका छन्, ‘म मधेस जाँदैछु किनकि म देश जोड्न चाहन्छु। म काठमाडौंका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथा, व्यथा र पीडाहरूलाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन चाहन्छु।’
उनले सबैको सम्मान रहँदै गर्दा नेपालीहरूको सम्मान रहने कुरामा आफू विश्वास राख्ने पनि बताएका छन्। म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ तर म अधिकार नभईकन सबैका बीचमा एकता हुन्छ भन्ने कुरामा विश्वास राख्दिनँ,’ उनले भनेका छन्।
पहाडबाट बसाइँ सरेर काठमाडौँ आएको परिवारको सदस्य भएको नाताले पहाड र सहरको जीवन बुझे पनि मधेससँगको सम्बन्धलाई औपचारिकतामा मात्र सीमित नराख्न आफू त्यता जान लागेको उनले बताए ।
मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दालाई नजिकबाट बुझेर समाधानको पहल गर्दा सिङ्गो नेपालका मुद्दा हल गर्न सकिने र देशको नेतृत्व गर्न मधेसको माटोमा लडिबुडी गर्न आवश्यक रहेको निष्कर्षसहित यो निर्णय लिएको उनले उल्लेख गरे ।
आफ्नो राजनीतिक यात्राको सुरुवाती दिन सम्झँदै थापाले काठमाडौँ क्षेत्र नम्बर ४ का मतदातासँगको दुई दशक लामो सम्बन्ध स्मरण गरे । पहिलो संविधानसभामा समानुपातिक उम्मेदवार हुँदादेखि २०७०, २०७४ र २०७९ को प्रत्यक्ष निर्वाचनमा प्राप्त लगातारको जितलाई उनले मतदाताको अगाध मायाका रूपमा व्याख्या गरे ।
पार्टी सभापति भइसकेपछि धेरैले सुरक्षित क्षेत्र नछोड्न सुझाव दिए पनि आफूले सुझबुझपूर्ण तरिकाले जोखिम मोलेरै भए पनि देश जोड्नका लागि सर्लाही रोजेको उनले प्रस्ट पारे ।
आफू सर्लाही गए पनि काठमाडौँ ४ लाई मनमुटुमा लिएर हिँड्ने र यहाँका जात्रा, पर्व, संस्कृति तथा विकास निर्माणमा सधैँ जोडिइरहने प्रतिबद्धता उनले जनाए । काठमाडौँ क्षेत्र नम्बर ४ मा पार्टीका तर्फबाट युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाइएको जानकारी दिँदै उनले आफ्नो अनुभव र तिमल्सिनाको नयाँ जोश मिसाएर क्षेत्रको विकास गर्ने बताए ।
जीवनभर काठमाडौँका मतदाताको ऋणी रहने बताउँदै थापाले सिङ्गो देशको नेता हुनका लागि एकपटक मधेस झर्नुपर्ने बाध्यता र आवश्यकतालाई बुझिदिन आग्रह गरे ।
नेपाली कांग्रेसका सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा सोमवार सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै आएका हुन् । पार्टीले प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिसकेको थापालाई पुर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाही–रौतहट सीमामा पर्ने बागमती कर्मैयामा नेता कार्यकर्ताले स्वागत गरे ।
स्वागतपछि थापा सर्लाहीको मुर्तियास्थित मुक्तेश्वर मन्दिर दर्शन गरेर निर्वाचन क्षेत्र नम्बर–४ तर्फ प्रस्थान गरेका थिए ।
पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश झरेका थापालाई मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति डा सरोज कुमार लगायतका हजारौंको संख्यामा नेता कार्यकर्ता भव्य स्वागत गरेका छन् ।