नाग पञ्चमी आज घर–घरमा नागको चित्र टाँस्दै पूजा – Nepalboli

नाग पञ्चमी आज घर–घरमा नागको चित्र टाँस्दै पूजा

   २०८३ भाद्र १, सोमबार  

काठमाडौँ— श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देशभर श्रद्धापूर्वक नाग पञ्चमी पर्व मनाइँदै छ । परम्पराअनुसार घरको मूल ढोकामाथि वा दायाँ–बायाँ नागको चित्र टाँसेर पूजा–अर्चना गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।

हिन्दू धार्मिक विश्वासअनुसार नागको चित्र विधिपूर्वक टाँसी पूजा गर्दा वर्षभर सर्प, नाग, बिच्छीलगायत विषालु जीवको भयबाट जोगिनुका साथै आगलागी, चट्याङजस्ता प्राकृतिक विपत्तिबाट पनि संरक्षण प्राप्त हुने जनविश्वास रहेको छ ।

पर्वका अवसरमा राजधानीको नक्सालस्थित नागपोखरी, ललितपुरको नागदह तथा भक्तपुरको नागपोखरी मा बिहानैदेखि पूजा गर्न पुगेका श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ । श्रद्धालुहरूले दूध, फूल, अक्षता र नैवेद्य चढाउँदै नागदेवताको पूजा गरेका छन् ।

नाग पञ्चमीलाई प्रकृति, जलस्रोत र नागदेवताप्रति सम्मान व्यक्त गर्ने पर्वका रूपमा पनि मनाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै