मंसिर २३ गते मधेशमा सार्वजनिक बिदा – Nepalboli

मंसिर २३ गते मधेशमा सार्वजनिक बिदा

   २०८१ मंसिर १८, मंगलवार  

बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाईप्रति लाखौँ श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै