काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ – Nepalboli

काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ

   २०८१ मंसिर १८, मंगलवार  

गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।

रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् । काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै