प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत – Nepalboli

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

   २०८१ मंसिर १३, बिहीबार  

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण दलमा ३९ जना सरकारी अधिकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति सहभागी हुनेछन् ।

त्यसअघि उनको चीन भ्रमणको तयारीका लागि आज परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन गएकी छन् । उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ ।

१७ गते चीन भ्रमणमा गए पछि प्रधानमन्त्रीले त्यसको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन तीन शीर्ष चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् भने तेस्रो दिन तीनवटा कार्यक्रममा सहभागी बन्ने भएका छन्।  जाने–आउने दुई दिनबाहेक बाँकी दुई दिन उनी बेइजिङमा भेटवार्ता लगायतका कार्यक्रममा व्यस्त रहनेछन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सभापति झाओ लेजीसँग भेटवार्ता गर्ने तय भएको छ। दोस्रो दिन उच्चस्तरीय भेटवार्तामा सहभागी हुने प्रधानमन्त्री ओलीले तेस्रो दिन नेपाल उद्योग वाणिज्य महासंघले बेइजिङमा आयोजना गर्ने नेपाल इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसबाहेक उनी पेकिङ युनिभर्सिटीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। विश्वविद्यालयमा आयोजना गरिने कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। ओलीले बेइजिङस्थित गरिवी निवारण सम्बन्धी योजनाको अवलोकन भ्रमण पनि गर्नेछन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै