भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपालमा
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी बिहीबार नेपाल आउनुभएको छ । द्विवेदी नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणको सिलसिलामा नेपाल आउनुभएको हो ।
पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी सुनिता द्विवेदी पनि सहभागी हुनुहुन्छ । भ्रमण दललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीलगायतले स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा जनरल द्विवेदीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नुहुनेछ ।
नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने विशिष्ट परम्परालाई सम्मान गर्न भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएम पाँच दिने भ्रमणका लागि काठमाडौं आए पुगेका हुन ।