जर्मनीसहित विभिन्न देशका निम्ति नेपाली राजदूत नियुक्त – Nepalboli

जर्मनीसहित विभिन्न देशका निम्ति नेपाली राजदूत नियुक्त

   २०८१ मंसिर २, आईतवार  

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार विभिन्न देशका निम्ति नेपाली राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

राष्ट्रपति पौडेल डा शैल रुपाखेतीलाई संघीय गणतन्त्र जर्मनीका निम्ति, जंगबहादुर चौहानलाई रुसी महासंघका लागि, चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्यका निम्ति र डा नरेशविक्रम ढकाललाई साउदी अरेबिया अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

यस्तै, थाइल्यान्डका निम्ति नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई क्याम्बोडिया अधिराज्य र गणतन्त्र सिंगापुरका निम्ति गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै