मानव तस्करीको आरोपमा एमालेका प्रदेश सांसद अधिकारी पक्राउ – Nepalboli

मानव तस्करीको आरोपमा एमालेका प्रदेश सांसद अधिकारी पक्राउ

   २०८१ कार्तिक २५, आईतवार  

पूर्वमन्त्री एवं नेकपा (एमाले) का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई प्रहरीले आइतवार विराटनगरवाट पक्राउ गरेका छन । मानव तस्करीको आरोप लागे पछि आइतबार विराटनगर निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याइएको हो।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो। जापान भ्रमण मन्त्रीपरिषद् द्वारा स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो।

जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनी अनुसन्धानको दायरामा आएका हुन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्रीकै हैसियतमा गत कात्तिक १३ गते जापान गएका थिए । त्यतिबेला असम्बन्धित मान्छेलाई समेत उनले लगेको पाइएको थियो भने सबैलाईजापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।यो प्रकरणपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने पार्टीले जिम्मेवारीबाट पनि हटाएको छ । मानव तस्करी प्रकरणमा हालसम्म उनीसहित ७ जना पक्राउ परेका छन् ।

अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अधिकारीमाथि आकर्षित भएकाले सोहीबमोजिम अनुसन्धान हुने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै