आत्मसमीक्षा गरेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रचण्डको आह्वान – Nepalboli

आत्मसमीक्षा गरेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रचण्डको आह्वान

   २०८१ कार्तिक १४, बुधबार  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीच एकताको आह्वान गरेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट आन्दोलनको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘हामी एक ठाउँमा बसौँ, मिलेर अघि बढौँ भनेर आदर्शको कुरा गरेर मात्रै हुँदैन। त्यसका लागि प्रत्येक कम्युनिष्ट नेता कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्‍यो। हामीले त्यो सोचेर आफूले कम्युनिष्ट आन्दोलनमा लागेपछि गरेका कामको समीक्षा गरौँ। गल्तीको पनि समीक्षा गरौँ। पार्टीको तर्फबाट पनि समीक्षा गरौँ। त्यसपछि पार्टीपार्टीभत्र पनि आत्म समीक्षा गर्न सकिन्छ। त्यस कारणले म सबैलाई त्यतापट्टि विचार गर्न आग्रह गर्छु।’ उनले कोही पूर्वाग्रह त्यागेर एकताबद्ध भएर बढ्ने प्रयास गर्न आग्रह गरे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै