प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ – Nepalboli

प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ

   २०८१ कार्तिक ८, बिहीबार  

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह ७८ हजार रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको हेटौँडाको टोलीले साहलाई घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कलैया उपमहानगरपालिका वडा नं ४ को कार्यालय जाने बाटोबाट बिहीबार पक्राउ गरेको छ ।

आयोगका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै