भारतको आर्थिक सहयोगमा तनहुको आबुखैरनी क्याम्पसको भवन निर्माण
भारत सरकारको आर्थिक सहयोगमा तनहुको आबुखैरनीमा क्याम्पस भवन निर्माण सम्पन्न भएको छ । नेपाली ३ करोडको आर्थिक सहयोगमा निर्माण गरिएको क्याम्पस भवनको विहिवार उद्धघाटन गरिएको छ । नेपाल–भारत विकास सहकारी अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको आनबुकखैरेनी क्याम्पसको उद्घाटन काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्ले र आँबुखैरेनी गाउँपालिका तनहुँका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा राजनैतिक प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यो आयोजना भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्र्तगतको हो । जिल्ला समन्वय समिति तनहुँ मार्फत यो आयोजना कार्यान्वयनमा आएको हो ।