बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग – Nepalboli

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

   २०८१ कार्तिक ६, मंगलवार  

सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक दुई लाख रुपियाँ प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए ।

एक सय ७७ जना घाइते भएका छन् भने ८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै